२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अफगानिस्तानमा तालिबान विद्रोहीद्वारा तीन दिन अस्थायी युद्धविरामको घोषणा


0
Shares

मुस्लिम समुदायको पर्व इदको अवसर पारेर गरिएको युद्धविराम विदेशी सेनाको हकमा भने लागू नहुने तालिबानले जनाएको छ ।

यस्तै, आफूहरुमाथि आक्रमण भए त्यसको जवाफ दिने पनि तालिबानले जनाएको छ ।

सन् २००१ मा अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तानमा हस्तक्षेप गरेपछि पहिलोपटक युद्धविरामका लागि तालिबान सहमत भएको हो ।

यसअघि, सरकारले एकपक्षीय र बिनाशर्त युद्धविरामको घोषणा गरेको थियो ।

राष्ट्रपति असरफ घानीले तालिबानको हिंसात्मक अभियान अफगान जनताको मन र मस्तिष्क जित्न नसकिने महसुस गर्न उनीहरुलाई अवसर भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले आफ्नो सेना र गठबन्धन सेनाले युद्धविरामको सम्मान गर्ने जनाएको छ ।

अफगानिस्तानमा अहिले करिब १५ हजार विदेशी सेना तैनाथ छन् । (एजेन्सी)