
ललितपुरको युएनपार्कनजिकै भएको जवाफी ‘फायरिङ’मा प्रहरीको गोली लागेर लामा घाइते भएका जनाइएको छ ।
एक गोली लागेका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई पक्राउ गर्न अपराध महाशाखाको टोली त्यहाँ पुगेकामा लामाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि जवाफी फायर गरिएको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ ।
लामामाथि यसअघि दुईपटक ज्यान मार्ने उद्योग र अरु सार्वजनिक अपराधमा पनि मुद्दा चलेको थियो ।
उनी व्यवसायीसँग चन्दा आतंक गर्ने, धम्क्याउनेलगायत कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्