२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सुन तस्करीकान्डः आरके ज्वेलर्समा छापा


0
Shares

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको प्रहरीले जनाएको छ ।

दुवै पसलबाट प्रहरीले ठूलो परिणाममा सुन बरामद गरेको दाबी पनि गरिएको छ ।

ज्वेलर्सका सन्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । उनी सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

यसअघि, गत शुक्रबार प्रहरीले सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवालको डिल्लीबजारस्थित घरमा पनि छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो ।

त्यस्तै, बा१०च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अरु केही महत्वपूर्ण कागजात पनि बरामद गरिएको थियो । अग्रवाल भने फरार छन् ।