२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


३०७ ‘चोर’ समातिए


0
Shares

महाशाखाले यही जेठ १३ देखि सोमबार (जेठ २८)सम्म सन्चालन गरेको १५ दिने काठमाडौं उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत् विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताए ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न घरमा लगाइएको ताल्चा फोरेर ल्यापटप, सुन, चाँदी, नगदसमेत चोरी गर्नेलाई विशेष अभियानमार्फत् पक्राउ गरिएको जनाइएको छ ।

‘उपत्यकाको चोरी नियन्त्रण गर्न बिहान १० देखि साँझ ६ बजेसम्म सादा पोसाकमा प्रहरी खटाइ उक्त अभियान सन्चालन गरेका हौं’–उनले भने ।

सोक्रममा प्रहरीले १९ जनाबाट रु २९ हजार ७००, फलामको रड र साइकल दुई/दुईथान, मोटरसाइकल र स्कुटर एक/एकथान, ३०९ ग्राम चरेस, २१२ थान नुर्फिन, २१२ थान फेनार्गन, २८० थान नाइट्रेपाम, ५०० दरका भारतीय रुपैयाँ दुई हजारथान बरामद गरेको छ ।

पक्राउ परेकामध्ये ५३ जनालाई सार्वजनिक अपराधको मुद्दा चलाइएको र बाँकी २५४ जनालाई अनुसन्धानपछि छाडिएको महाशाखाले जनाएको छ । रासस