
काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्ग, उर्जा, जलस्रोतलगायतका विषयमा सहमति भएको थियो ।
चीन भ्रमणमा जानुअघि पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै आफ्ना एजेन्डाबारे जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्