
काठमाडौं, असार १० । महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले आइपीएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८ वर्षीय ‘अमृत’ भन्ने नथमल अग्रवाललाई शनिबार काठमाडौं महानगरपालिका–४, पानीपोखरीबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
अग्रवालले काठमाडौं महानगरपालिका–७, सिफल बस्ने महोत्तरीका ३९ वर्षीय राकेश सिंहलगायतका व्यक्तिबाट आइपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी उक्त रकम ठगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ अग्रवाललाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्