
पाँचथर, कात्तिक ८ । तरुण दलको ६६औं स्थापना दिवसको अवसर पारेर पाँचथरमा गाउँपालिकास्तरीय तरुण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
बिहीबार तरुण दल पाँचथरले पत्रकार सम्मेलन गरी यही कात्तिक १० देखि १६ गतेसम्म हुने प्रतियोगिता हुने जनाएको हो ।
प्रतियोगिताको विजेताले एक लाख एक हजार र उपविजेताले ५१ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
गाउँघरमा रहेका प्रतिभावान् तथा क्षमतावान् युवाहरुको प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए ।
प्रतिक्रिया दिनुहोस्