१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


एएफसी यु–१९ महिला फुटबल छनोट: नेपालको कमजोर सुरुआत


0
Shares

काठमाडौं, कात्तिक ७ । १९ वर्षमुनिको एएफसी महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपालले कमजोर सुरुआत गरेको छ ।

थाइल्यान्डमा सुरु भएको छनोटको समूह ‘बी’मा रहेको नेपालले बुधबार आयोजक थाइल्यान्डसित ३–० को हार व्यहोरेको हो ।

यो खेलबाट आयोजकसँग नेपाली टोलीले अंक बाँड्ने रणनीति बनाएपनि त्यो सफल हुन सकेन ।

नेपालले खेलको नवौं, १७औं मिनेट र इन्जुरी समयमा गोल खाएको थियो ।

तुलनात्मकरुपले नेपालले मध्यान्तरपछिको खेल भने संयमित भएर खेल्न सक्यो ।

नेपालले छनोट चरणको दोस्रो खेल कात्तिक ९ गते शुक्रबार भारतसित तथा अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसित खेल्नेछ ।

भारतले बुधबारै पहिलो खेलमा पाकिस्तानमाथि फराकिलो जित निकालेको छ ।

पहिलो चरणमा विभिन्न ६ समूहमा २५ राष्ट्रले प्रतिस्पिर्धा गर्दैछन् । समूहमा शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् ।

समूह उपविजेतामध्ये उत्कृष्ट दुई टोली पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।