
काठमाडौं । नेपालका गरिब तथा असहाय बालबालिकाको सहयोगका निम्ति महाकाली नदीबाट दौड सुरु गरेका वेलायती नागरिक म्लादिमीर मोजोरोभ एक भेगान आज काठमाडौ.आइपुगेका छन् ।
सेप्टेम्बर ११ बाट भेगान मध्य पहाडी र तराईका विभिन्न भूभाग पार गर्दै ४० दिनमा काठमाडौंमा आईपुगेका हुन् ।
यसक्रममा उनले करिब १ हजार किलोमिटर दूरी पार गरेका छन् ।
काठमाडौंमा केहिबेर बसेर दौडलाई निरन्तरता दिने क्रममा ऐतिहासिक नगरी पाटन दरबार स्क्वायरबाट उनले बांकी दौड सुरु गरेका छन् ।
उनको अभियानको सफलताको कामना गर्न शुभेच्छुकहरु पाटन पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्