२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


साढे ३३ किलो सुन प्रकरणः ‘गोरे’सहित तीन जनालाई काठमाडौं ल्याइयो


0
Shares

काठमाडौं, जेठ २८ । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त गोरे भनिने चुडामणी उप्रेती ‘गोरे’सहित तीन जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

मोरङ कारागारबाट गोरेसहित, छिरिङ वाङ्गेल घले र भुजुङ गुरुङलाई मोरङबाट काठमाडौ ल्याईएको हो । उनीहरुलाई केन्द्रीय कारागार पठाइएको छ ।

उनीहरुलाई सम्पत्ति छानविन गर्न काठमाडौं ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ ।

३३ किलो सुन र सनम हत्याको छानबिन गर्न बनेको समितिले उनीहरुको सम्पत्ति छानबिन गर्न सुझाव दिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीहरूलाई काठमाडौं झिकाएको हो ।

जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि विराटनगरबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।