३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड ७ विकेटले विजयी


0
Shares

काठमाडौं । श्रीलंकाविरुद्ध तेस्रो  एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड विजयी भएको छ । गएराति वर्षाले प्रभावित खेलमा इङ्ल्यान्ड ७ विकेटले विजयी भएको हो ।

जितसँगै इङ्ल्यान्डले पाँच खेलको सिरिजमा २–० ले अग्रता बनाएको छ ।

यसअघि दोस्रो एकदिवसीय खेलमा इङ्ल्यान्डल ३१ रनले विजयी भएको थियो भने पहिलो खेल नतिजाविहीन बनेको थियो ।

केन्डीमा भएको खेल वर्षाका कारण केही ढिला सुरु भएको थियो ।

त्यसपछि २१ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १५० रन जोडेको थियो ।

श्रीलंका लागि निरोशन डिक्वेलाले ३६, सदिरा समाराविक्रमाले ३५ तथा कप्तान दिनेश चण्डीमालले ३४ रन जोडे । इङ्ल्यान्डका आदील राशिदले ४ तथा टम कुरणले ३ विकेट लिए ।

श्रीलंकाले दिएको १५१ रनको लक्ष्य इङ्ल्यान्डले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

इङ्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै जासन रोयले ४१ रन जोड्दा बेन स्टोक्सले अविजित ३५ रन जोडे । श्रीलंकाका लागि अमिला अपोनसोले २ तथा अकिला धननज्यले १ विकेट लिए ।