
काठमाडौं, असोज ३१ । नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
एकदर्जन देशका ३३ सैन्य टोलीबीच पाकिस्तानको लाहोरमा यही असोज २२ देखि २९ गतेसम्म सन्चालन भएको उक्त स्पर्धामा नेपाली सेनाले तेस्रो स्थानसहित कास्यपदक जितेको हो ।
नेपाली सैनिक टोलीबाट १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विजयी टोली बुधबारै स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्