५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असोज ३० । बडादसैंको सातौं दिन मंगलबार पोखराको विन्ध्यवासिनी मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।

पोखरामा रहेका सुरक्षा निकायका सबै गण तथा गुल्महरुमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै गण, गुल्ममा दसैंको फूलपाती भित्र्याइएको हो ।

तीनओटै सुरक्षा निकायका पोखरास्थित गण तथा गुल्मबाट सहभागीहरु पोखराको चिप्लेढुंगामा भेला भइ पैदलयात्रासहित विन्ध्यवासिनी मन्दिरमा पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बूढाले विधिपूर्वक पूजा सम्पन्न गरेपछि बढाइँका साथ विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको थियो । 

मन्दिरबाट पुनः फूलपाती लिएर पोखराका सबै गण तथा गुल्ममा भित्र्याइ भगवतीको पूजा गरिएको छ ।