
काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा संयुक्त अरब इमिरेट्स (युएर्ई)बाट पक्राउ परेका बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल उपस्थित गराईने भएको छ ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलको सहयोगमा श्रेष्ठलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो । सुनसरी ईटहरीका उनलाई हिजै साँझ मोरङ लगिएको छ ।
बडा दसैंका कारण अदालतको नियमित काम बन्द भएकाले उनलाई दसैंपछि मात्र अदालत उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा राखिएको छ ।
श्रेष्ठ सुन तस्करका मुख्य नाईके चुणमणी उप्रेतीको सहयोगी भएको आरोप प्रहरीले लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्