
काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले चीनमा सम्पन्न सांघाइ मास्टर्स टेनिसको उपाधि जितेका छन ।
गएराति भएको फाइनलमा क्रोयसियाका बोर्ना कोरिसलाई हराउँदै जोकोभिचले उपाधि उचालेका हुन् ।
युएस ओपन तथा सिनसिनाटी मास्टर्सको उपाधि जितेका जोकोभिचले कोरिसलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरे ।
सेमिफाइनलमा स्विट्जरल्याण्डका रोजर फेडररलाई हराउँदै फाइनलमा पुगेका कोरिसविरुद्ध जोकोभिचले सहज जित हात पारेका हुन् ।
३१ बर्षे जोकोभिचले यो वर्ष खेलेका ६ प्रतियोगितामध्ये ५ वटाको उपाधि जितका छन् ।
प्रतिक्रिया दिनुहोस्