काठमाडाैं । म्याक्स टाइगर दशैं धमाका २०२६ मा थप दुई जना भाग्यशालीले यामाहा एफजेड एफआई बाइक जितेका छन् ।
आज एक कार्यक्रमबीच कम्पनीले थप दुई जना भाग्यशाली विजेतालाई मोटरसाइकल हस्तान्तरण गरेको हो । काठमाण्डौंका सुमन कर्माचार्य र नुवाकोटका विनोद ढुंगेलले मोटरसाइकल जितेका हुन् । पुरस्कार पाएसंगै उनीहरुले आफुहरुलाई सपनाजस्तो लागेको अनुभव यसरी सुनाए ।
मोटरसाइकल विजेता सुमन कर्माचार्य र विनोद ढुंगेलले योसंगै हालसम्म म्याक्स टाइगर दशैं धमाका २०२६ मा ११ जना भाग्यशाली विजेताले बाइक तथा स्कुटर जितिसकेका र अझै २६ वटा बाइक, स्कुटर र बम्पर उपहार जित्ने मौका बाँकी नै रहेको पनि कम्पनीले उल्लेख गरका छन् ।
दशैंको उत्साह, युवाको जोश र आकर्षक पुरस्कारको उमंगलाई एकसाथ जोडेर सुरु गरिएको यस अभियानमा विजेता बन्ने क्रम जारी रहेको कम्पनीले जनाएको छ ।
यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । यसबाहेक एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिने पनि कम्पनीले उल्लेख गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्