Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


कात्तिक १ गते आइतबार, यस्तो छ तपाईंको राशिफल


39
Shares

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ । छोटो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सानो सानो लगानी गर्दा पनि व्यापार व्यवसाय फस्टाएर जानेछ भने दैनिक उपभोग्य र औषधीजन्य सामानको कारोबारमा वृद्धि हुनेछ । प्रेमको डोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । पारिवारिक मिलनले मन प्रसन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ लामो दुरीको यात्राको तय हुनेछ । उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा बढोत्तरीको योग रहेको छ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सामाग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रहरूसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यकता पूरा गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईँकै प्रशंसा गर्दै हिँड्नेछन् । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काममा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । आमा वा आमा सरहका मानससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना समस्या हरूलाई केही समय दिएर सकाउन सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्ना समस्याहरू परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । उपभोग्य सामान तथा औषधीजन्य सामानको व्यापार फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ । पारिवारिक मिलन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफूसँग भएका स्रोत साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइ हरूसँगै रहेर मिठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । तर पनि यात्रा, खानपान, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय व्यतीत हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले औषधीजन्य तथा उपभोग्य लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ भने प्राकृतिक स्रोत साधन प्रयोग गर्न पाइने योग रहेको छ । पैतृक धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सम्मानित काम सम्पादन गर्न सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारबाट सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

Skip This