काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको अवस्था बुझ्न नेपाली सेनाले काठमाडौंबाट समेत टोली परिचालन गरेको छ ।
नेपाली सेनाका अनुसार प्रभावित क्षेत्रको निरीक्षण तथा उद्धार कार्यका लागि हेलिकप्टरसहित हवाई टोली र पैदल टोली खटाइएको छ । उद्धार सामग्रीसहित स्थानीयस्तरमा रहेको सेनाको टोलीलाई पनि परिचालन गरिएको छ ।
परिचालित टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्नुका साथै आवश्यकताअनुसार उद्धार र राहत कार्यमा सहयोग गर्ने जनाइएको छ ।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीसमेत परिचालित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्