गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत ठूलो क्षति पुर्याएको छ ।
आइतबार बिहान करिब ४ बजेतिर बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए । चुमनुब्री गाउँपालिका–३ अन्तर्गतका बजार क्षेत्रमा बाढीबाट बढी क्षति भएको जनाइएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाका विभिन्न बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ ।
बाढीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । प्रभावित क्षेत्रको थप क्षति र अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्