समीर चापागाईं, चितवन । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका चितवनका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–२५ फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार असोज १४ गते बिहान करिब ५ बजेतिर मर्निङवाकमा निस्किएका घलेलाई गैँडाले आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
घलेको असोज १९ गते राति उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दनिुभयो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्