Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद


0
Shares

सुनसरी । सुनसरी प्रहरीले इनरूवा ३ सखुवागाछी चेक पोष्टबाट २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा तरकारी (बन्दाकोपी) बोकेको ना ७ ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरूमा चालक धनकुटाका राजु राई र सहचालक संदीप राई रहेको सुनसरी प्रहरीले जनाएको छ ।

गाँजासहित तरकारी लोड गरिएको उक्त ट्रक हिलेबाट इनरूवा सम्म आइपुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिका आधारमा गाँजा तस्करीको जालो नजिक पुग्ने लक्ष्य सहित अनुसन्धानमा जुटेको एसपी मल्लले बताउनु भयो । थप अनुसन्धान अघि बढाइएको वहाँले जानकारी दिनुभएको छ ।