Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दुई दिनमै सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँ घट्यो


0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेसँगै दुई दिनमा ८ हजार ८ सय रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ घटेको थियो।