Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द


0
Shares

काठमाडौं । लगातारको वर्षासँगै पहिरो खस्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७ः१५ बजे सूचना जारी गर्दै अर्को जानकारी नआएसम्म सडकखण्ड बन्द रहने जनाएको हो।

बिहीबारदेखि चितवन तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरो खसेको प्रशासनले जनाएको छ। पहिरो हटाउने काम भइरहेकाले जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गरिएको हो।

प्रशासनले सडक सञ्चालनबारे अर्को सूचना जारी भएपछि मात्रै यात्रालाई निरन्तरता दिन आग्रह गरेको छ।