Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको एमाले सचिवालयको निष्कर्ष


26
Shares

काठमाडाैं ।

नेकपा (एमाले)ले ललितपुरमा जारी पार्टी केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म संप्रेषण गर्ने निर्णय गरेको छ ।

बिहीवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठकले अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको निष्कर्ष समेत निकालेको छ । उपमहासचिव भट्टले बैठकमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने व्यक्तिका विषयमा छलफल भएको पनि बताउनु भयो । मनोनयनको सम्बन्धमा अन्तिम निर्णय केन्द्रिय कमिटीको बैठकबाट हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, अहिले आजको सचिवालयको बैठकमा अलि बृहत रुपमा छलफल भएको छ । मनोनयन कसलाई गर्ने, कसरी गर्ने भन्ने कुरामा छलफल भयो । यो छलफल अलि लामै गयो । केन्द्रीय कमिटीको बैठकमा गएर यो कुराहरु टुंगिछन् । अक्ष्यक्षको प्रतिवेदनले एकताको भाव पैदा गरेको छ र त्यसलाई हामीले अब कसरी तलसम्म संप्रेषण गछौँ, त्यो कुरोलाई विशेष जोड दिइयो ।

एकरुपतामा त्यो प्रतिवेदनलाई बुझ्ने, अध्ययन गर्ने र तल संप्रेषण गर्ने निर्णय गरिएको छ । अहिले एकतामा आएका तथा पार्टी प्रवेश गरेकाहरुलाई कमिटीमा मनोनयन गर्नेकुरा पनि भएको छ । केन्द्रीय कमिटीको बैठकले यो सबै टुंगो लगाएपछि सार्वजिनक हुन्छ ।’ उहाँले पार्टी एकतामा आएका तथा प्रवेश गरेका नेताहरुलाई विभिन्न कमिटीमा मनोनयन गर्नेबारे समेत बैठकमा छलफल भएको बताउनुभयो ।