Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


देशका विभन्न स्थानमा बाढी-पहिरोका कारण राजमार्ग अवरूद्ध (सूचीसहित)


351
Shares

काठमाडौं । बाढी तथा पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद् भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ६ बजे अपडेट जारी गर्दै राजमार्ग अवरुद्धकाे बारेमा जानकारी गराएको हाे।संखुवासभास्थित कोशी राजमार्ग सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । असोज २ गते रातिको वर्षाको कारण मकालु गाउँपालिका-४, नेताभीरस्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथांका सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको हो ।

त्यस्तै, गत भदौ १० को भोटेकोशी बाढी कारण रसुवा र नुवाकोट राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले स्याफ्रुबेँसीसम्म जान सकिने वैकल्पिक बाटो (सिंगल लेन कच्ची सडक) काठमाडौंदेखि टोखा छहरे हुँदै बिदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, जिराे किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे र स्याप्रुबेँसीसम्म जान सकिने जनाएकाे हाे।

त्यस्तै, रसुवा पासाङ ल्हामु सडक खण्ड पूर्ण रुपमा अवरुद्ध छ । उता, नुवाकोट टोखा छहरे सडक वर्षातको कारण अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधनहरूको रातिको समयमा आवतजावत रोक लगाइएको प्रहरीले जनाएकाे हाे।

Skip This