Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा प्रधानमन्त्री दैवी कोषमा १ करोड ११ लाख रूपैयाँ जम्मा (विज्ञप्तिसहित)


0
Shares

काठमाडाैं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।

सर्वोत्तम र जगदम्बा सिमेन्टले रसुवाको भाेटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयाेग गरेकाे जनाएका हुन्। कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश न्यौपाने, सञ्चालक टिकादत्त न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावलगिया एवं पूर्व–सञ्चालकको तर्फबाट सचेतक गोविन्द न्यौपाने, प्रमुख सञ्चालक अधिकृत नवलप्रसाद अधिकारी तथा कम्पनी सचिव कमल कुमार भर्तौलीले उक्त सहयोग रकमको चेक माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री कोषका लागि प्रदान गरेका हुन्।

रसुवाको भाेटेकोशी नदीमा यहि भदाै १० गते आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। राष्ट्रिय विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। कम्पनीले बाढी प्रभावित परिवारहरूलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाको प्रयासमा आफ्नो सहयोगले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्राथमिकताको महत्वपूर्ण हिस्सा मान्दै आएका छन्। कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण तथा समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएको जनाएकाे हाे। कम्पनीले आगामी दिनमा पनि देश र समाजलाई आवश्यक परेको समयमा सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकाे छ।

बाढीमा परी असामयिक निधन भएकाहरूको परिवारप्रति कम्पनीले हार्दिक समवेदना व्यक्त गर्दै प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेको हाे। साथै, विपद्को कठिन समयमा प्रभावित परिवार तथा समुदायलाई शीघ्र राहत, उद्धार र पुनःस्थापनाको काम सफल होस् भन्ने कामना गरेको छ।