काठमाडौं । रसुवाकाे भाेटेकाेशी नदीका आएकाे भीषण बाढीमा परी मृत्यु हुनेकाे संख्या ४ सय ६९ जना पुगेकाे छ।
गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले शुक्रबार बिहान साढै ७ बजेसम्म ८ वटा जिल्लामा गरी ४ सय ६९ जनाको शव फेला परेको हो। प्रहरीले रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १ सय ७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा १ सय १० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको जनाएकाे छ।
विपद् पूर्वतयारी शाखाले ९ सय ७७ जना अझै बेपत्ता रहेकाे जानकारी गराएकाे हाे।









प्रतिक्रिया दिनुहोस्