काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले सरकार र लघुवित्तपीडितबीच भएको १४ बुँदे सहमति अस्वीकार गरेको छ।
अभियानले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त सहमति सरकार र केही ‘परिचालित’ अभियन्ताको मिलेमतोमा भएको आरोप लगाएको हाे। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग गरिएको १२ बुँदे सहमतिको त्यो विपरीत भएको अभियानको ठहर छ।
न्यायको आशामा लामो र कष्टकर पैदलयात्रा गर्दै काठमाडौंसम्म आइपुगेर दुःख, पीडा र अपमान सहन बाध्य अभियन्तालाई धैर्यधारण गर्न र ‘मान्छे चिन्न’ समेत जारी विज्ञप्तिमार्फत आह्वान गरिएको हाे ।











प्रतिक्रिया दिनुहोस्