काठमाडौं । सरकारले शनिबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ सँग १४ बुँदे सहमति गरेको छ ।
सहमति भएसँगै महाअभियानले यसअघि आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारदेखि अन्त्य गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हाे । काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको छलफलपछि उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।











प्रतिक्रिया दिनुहोस्