काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी पार्टी केन्द्रीय समितिको बैठकले ११ जनालाई मनोनित गर्दै सचिवालय विस्तार गरिएको पार्टी केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभएको हो । उहाँले पार्टी बैठकले पार्टी सभापति रवि लामिछानेको प्रश्तावमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरेको बताउनुभयाे।
उहाँले पार्टी प्रवक्ताको जिम्मेवारी पूर्वसूचना तथा सञ्चारमन्त्री एवं सांसद जगदीश खरेललाई दिइएको समेत जानकारी दिनुभएकाे छ। नेता झाले बैठकले थप ९ जना केन्द्रीय सदस्य समेत मनोनित गरेको बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्