Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कांग्रेसकाे संस्थापन इतर पक्षको राष्ट्रिय भेला आजदेखि काठमाडाैंमा शुरू हुँदै

भेलाकाे उद्घाटन पूर्वसभापति देउवाले गर्ने

507
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे संस्थापन इतर पक्षको राष्ट्रिय भेला शुक्रबारदेखि शुरु हुँदैछ।

साेही भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएकाे हाे। शुक्रबार बिहान साढे ११ बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताउनुभयाे।

भेला साउन ३१ गतेसम्म जारी रहने भएकाे छ। भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला रहनुभएकाे हाे। सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ ।