Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


सोलुखुम्बु र खोटाङसहित देशका ११ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


0
Shares

काठमाडौं । अविरल वर्षासँगै देशका केही जिल्लामा बिहीबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ।

बाढी पूर्वानुमान महाशाखाले कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। बिहीबार ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, म्याग्दी, जुम्ला, दैलेख र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे।

महाशाखाले केही ठूलामा नदीमा बहाव सामान्य बढ्ने पूर्वानुमान गरेकाे छ।