काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जोर्जिना रोड्रिगेज आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छन्।
करिब १० वर्ष लामो प्रेम सम्बन्धपछि यो चर्चित जोडीले अन्तत: पोर्चुगलमा एक निजी समारोहकाबीच औंठी साटेर विवाहमा परिणत गरेकाे हाे । उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नाे विवाहको औंठी देखिने तस्बिर सेयर गर्दै वैवाहिक बन्धनमा बाँधिएको पुष्टि गरेका छन्।
पोर्चुगलको कास्काइसमा आयोजित समारोहमा उनीहरुका पाँचै जना बालबालिका र परिवारका नजिकका सदस्यको मात्र उपस्थिति रहेको थियो। सन् २०१६ मा म्याड्रिडको एक स्टोरमा पहिलो पटक भेट भएका रोनाल्डो र जोर्जिनाले गत वर्ष अगस्टमा इन्गेजमेन्ट गरेकाे जनाइएकाे छ।









प्रतिक्रिया दिनुहोस्