काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षासँगै देशका गोरखा र लमजुङसहित ३२जिल्लामा आकस्मिक बाढीको जोखिम रहेकाे पूर्वानुमान गरेकाे छ।
महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको समेत जनाएको हाे। मंगलबार पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे । केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाले पूर्वानुमान गरेकाे छ ।










प्रतिक्रिया दिनुहोस्