काठमाडाैं। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् ।
अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र बिक घाइते भएकाे जनाएको छ ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेकाे हाे। बिकलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरीले जनाएकाे छ।
माथिल्लो भागको पहाडबाट ढुंगासहितको सुक्खा पहिरो खसेर विद्युतगृह पुरिएको थियो। पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।









प्रतिक्रिया दिनुहोस्