Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


सरकारले बाटो बिराए कान समातेर सही ट्रयाकमा ल्याउने सभापति लामिछानेकाे दावी

देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन समेत आग्रह

221
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई सही बाटोमा डोर्‍याएर गन्तव्यमा पुर्‍याउने दावी गर्नुभएकाे छ।

काठमाडौंमा शनिबार साँझ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे। सरकारले आफ्नो बाचा अनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्रयाकमा ल्याउने सामर्थ्य राख्ने बताउनुभयाे।उहाँले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन समेत आग्रह गर्नुभयाे।

उहाँले भन्नुभयाे, -‘यात्राका क्रममा कहिले-काहीँ मौसमका कारण टर्ब्युलेन्स आउन सक्छ। तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउनु पर्दैन। सिट बेल्ट बाँधेर ढुक्क हुनुहोस् । हामी सही नियतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्‍याउँछौं ।’

सभापति लामिछानेले बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल विकेन्ड स्न्याक्सको रूपमा लिनुपर्ने बताउनुभयाे । विगतका नेतृत्वलाई दोष देखाएर उम्किने पक्षमा आफूहरू नरहेको र सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व नयाँ पुस्ताका युवा नेतृत्वले लिने उहाँकाे भनाइ छ।

सभापति लामिछानेले व्यावसायिक क्षेत्रलाई आतङ्कित पार्न नहुने बताउनुभयाे।

Skip This