Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरूद्ध लगाउन’ खोजेकाे राष्ट्रपति पेजेस्कियानकाे आराेप


923
Shares

एजेन्सी। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य अमेरिकाले पर्सियाली खाडीका राष्ट्रहरूलाई तेहरानको विरुद्ध ‘लगाउन’ खोजिरहेको आरोप लगाउनुभएकाे छ।

राष्ट्रपति पेजेस्कियानले इरानी राज्य टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा यस्ताे आराेप लगाउनुभएकाे हाे। राष्ट्रपति पेजेस्कियानले पश्चिम एशिया द्वन्द्वका बीच यी दुई मित्र राष्ट्रहरूले इरानका ‘आन्तरिक चुनौतीहरू’ को फाइदा उठाइरहेका दावी गर्नुभएकाे हाे। अमेरिका र इजरायलसँग इरान संलग्न सैन्य द्वन्द्व जारी रहेकाे छ। हर्मुज जलमार्ग हुँदै व्यावसायिक समुद्री यातायात पुनः शुरु गर्नु मुख्य विवादको विषय बनेको हाे।

छिमेकी खाडी राष्ट्रहरूप्रति सद्भाव देखाउँदै इरानी नेताले साेही अन्तवार्तामा इस्लामी एकतामा जोड दिएका छन् । राष्ट्रपति पेजेस्कियानले खाडीको वर्तमान अवस्था, वासिङ्गटन र बेइजिङबीचको जटिल भूराजनीतिक सम्बन्धसँग समानता देखाउनुभयाे। राष्ट्रिय अस्तित्वका लागि रणनीतिक ध्यान र कहिले ‘आफ्नो काममा ध्यान दिनुपर्छ’ भन्ने कुरा थाहा हुनुपर्नेमा उहााकाे जाेड छ।

Skip This