Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


चलचित्र ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक


0
Shares

काठमाडाैं । खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरकाे निर्देशनमा बनेको सिनेमा ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ ।

निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेकाे हाे। सार्वजनिक गीतको भिडियोमा सिनेमाका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड रहेका छन् । गीतको अडियो र भिडियो उत्कृष्ट बनेको निर्माण पक्षले दावी गरेकाे हाे ।

सार्वजनिक गीत एसडी योगी र अन्जु पन्तले गाएका छन् । सुरेन्द्र रानाको शब्द रहेको गीतका संगीत निर्देशकमा एसडी योगी छन् भने संगीत निर्माता रिकेश गुरुङ हुन् । गीतको भिडियो सुरेन्द्र राईको कोरियोग्राफीमा बनेको छ । असिस्टेन्ट कोरियोग्राीमा शेखर घर्ती मगर र सुशन तामाङ रहेका छन् ।

‘जलाकी’ सुपरहिट सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको दोस्रो सिनेमा हो । निर्माण टिमले यसअघि सिनेमाको प्रदर्शन मितिसँगै दुई पोस्टर सार्वजनिक गरेको थियाे । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् । शैलेन्द्र डी। कार्कीले छायांकन गरेको सिनेमा आगामी मंसिर ४ गते देशैभर प्रदर्शन हुने भएकाे छ ।