काठमाडाैं । युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ ।
राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै भएको घटनामा २७ वर्षीय खेलाडीको ज्यान गएको बीबीसीले जनाएको हाे।ओवोरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए । उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट बेहोस भएका उनको उपचारका क्रममा हिजो ज्यान गएको उल्लेख गरिएकाे छ ।
ओवोरी युगान्डाको ‘स्पोर्ट्स क्लब भिल्ला’ का कप्तान थिए । उनकै कप्तानीमा क्लबले सन् २०२४ मा लिग उपाधि जितेको थियो ।यो घटनापछि युगान्डामा बढ्दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ । केही हप्ताअघि रग्बी खेलाडी सिड्नी गोङ्गोडियोको पनि यसरी नै हत्या भएको थियो ।
ओवोरीमाथि पनि राजधानी कम्पालमा भीडले घातक आक्रमण गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्