Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


शान्तिविरूद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाई रिहा


0
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा हुनुभएकाे छ।

जिल्ला अदालत भक्तपुरले साेमबार म्याद थप्न अस्वीकार गरेपछि प्रसाई रिहा हुनुभएकाे हाे। सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाटै प्रसाई पक्राउ पर्नुभएकाे थियाे । जिल्ला प्रहरी भक्तपुरले उहाँलाई हिरासतमा नराखी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको जनाएकाे छ ।

उहाँकाविरुद्ध साइबर अपराध, राज्यविरुद्ध, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित ३ वटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले म्याद मागेको थियो । भक्तपुर जिल्ला अदालतले ती सबै कसुरमा हिरासत बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।