काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेकाे छ ।
संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो साढे ३ बजे बैठक बोलाइएको कांग्रेस कार्यालयले जनाएकाे हाे । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र अन्य आन्तरिक विषयहरूमा छलफल हुने भएकाे छ।
मुख्य गरी मंगलबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकलाई केन्द्रित गरेर दलको बैठक आह्वान गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्