Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


राष्ट्रिय सभाको बैठक आज बस्दै (कार्य-सूचीसहित)

बैठकमा मधेशी आयोगकाे वार्षिक र जलस्रोत व्यवस्थापनकाे अध्ययन प्रतिवेदन पेश गरिंदै

0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक साेमबार बस्दै छ।

संसद सचिवालयले बैठक साेमबार दिउँसो सवाँ १ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेकाे छ।

बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे ।