Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


काठमाडौंमा मोरक्कोको राष्ट्रिय दिवस मनाइयो


156
Shares

काठमाडौं । मोरक्कोका राजा मोहम्मद छैटौँको २७औँ राजगद्दी आरोहण दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय दिवस मनाइएको छ।

नेपालस्थित मोरक्को  वाणिज्य दूतावासको कार्यालयले आइतबार थापाथलीमा देशको राष्ट्रिय झण्डा फहराएर समारोह आयोजना गरिएकाे थियाे। कार्यक्रममा मोरक्कोका राजदूत मोहम्मद मलिकी र महावाणिज्यदूत मेघा चौधरीले झण्डा फहराउँदै उद्घाटन गर्नभएकाे थियाे ।

सो अवसरमा दुवै देशका राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने कूटनीतिक प्रतिनिधि, सरकारी अधिकारी र विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

महावाणिज्यदूत चौधरीले नेपाल–मोरक्को सम्बन्ध व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमार्फत अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयाे ।

यसैबीच, ललितपुरको ‘द प्लाजा’मा मोरक्कोको कला, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि विशेष प्रदर्शनी पनि आयोजना गरिएको छ। वाणिज्यदूत चौधरीका अनुसार कार्यक्रमले दुई देशबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।