Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


पाकिस्तानमा कोइला खानीमा भीषण विस्फोट हुदाँ ३२ मजदुरको मृत्यु

अझै १० जना पुरिएको आशंका

13
Shares

एजेन्सी। पाकिस्तानमा कोइला खानीमा भीषण विस्फोट हुदाँ ३२ जना मजदुरको मृत्यु भएको छ ।

देशको दक्षिण–पश्चिमी प्रान्त बलूचिस्तानको राजधानी क्वेटाको बाहिरीक्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको विस्फोटमा अन्य १० जना मजदुर पुरिएको विभिन्न संचारमाध्मले जनाएका हुन् । खानीभित्र फसेकाहरुको उद्धारकार्य जारी रहेको प्रहरीले बताएको छ । घाइतेहरुको स्थिति पनि गम्भिर रहेकाले मृतकको संख्या अभै बढ्ने अनुमान गरिएको हाे ।

सरकारी खानी निरीक्षक गनी बलोचका अनुसार प्रारंभिक अनुसान्धानमा मिथेन ग्यास अध्याधिक जम्मा भएर विस्फोट भएको देखिएको छ ।