काठमाडौं । चलचित्र ‘ककाकिकी’को लिरिकल गीत सार्वजनिक गरिएको छ ।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको गीतमा आदित्य प्रधानको स्वर रहेकाे हाे। शिशिर थतालको शब्द र संगीत रहेको गीतको यसअघि सार्वजनिक फर्स्ट लुक भिडियोमा हुकलाइन राखिएको थियो ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहेको चलचित्रमा रेखा थापा, गौरी मल्ल, तृप्ती नाड्कर, महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर र सुवर्ण थापा लगायत कलाकारहरूको अभिनय रहेकाे छ।
चलचित्रको कथा तथा पटकथा लेखन बिक्की अग्रवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका हुन् । साेही चलचित्र आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्