Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


रास्वपा सभापति लामिछानेकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी

बैठकमा सुनसरी घटना लगायतका समसामयिक विषयमा छलफल गरिंदै

26
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वानमा सुनसरीको देवानगञ्ज घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक जारी रहेकाे छ।

सुनसरीमा हिंसात्मक गतिविधि बढेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले बाेलाइएकाे बैठक सिंहदरबारमा जारी रहेकाे हाे । बैठकमा नेपाली काग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल, जनमतका पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वणिम वाग्ले, काग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिन कुमार आचार्य, राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई लगायतकाे उपस्थिति रहेकाे छ।

असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले साेही बैठककाे आयोजना गरिएको रास्वपाले जनाएकाे हाे ।