काठमाडौं ।
अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको फुड फेस्टिभलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् ।
दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । सियाटलकी मेयर केट्टी विल्सनले एक जना शंकास्पद आक्रमणकारीलाई नियन्त्रणमा लिइएको र अर्को भागेको जानकारी दिनुभयो ।
सियाटल प्रहरीले पनि फरार आक्रमणकारीको खोजी भईरहेको बताएको छ । घाइते मध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर छ भने दुई वर्षीय बालक, २३ वर्षीय पुरुष र ३९ वर्षीया महिलाको अवस्था स्थिर रहेको बताइएको छ ।
हरेक बर्ष आयोजना हुने फुड फेस्टिवलमा सयौँ खाद्य तथा खुद्रा व्यवसायी, कलाकार र ठूलो संख्यामा सर्वसाधारण सहभागी हुने गरेका छन् । कार्यक्रम समापन हुनेबेला गोली चलेपछि त्यहाँ रहेका मानिसहरुबीच भागाभाग भएका थियो ।









प्रतिक्रिया दिनुहोस्