Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


पोखरामा अमेरिकी नागरिकको मृत्यु, पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने


650
Shares

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पु¥याइएकामा केहीबेरपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयाे ।

मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उहाँको भनाइ छ । मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएका अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।