काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा साेमबार कर्फ्यूका बाबजुत पनि स्थानीयले प्रदर्शन गरेका छन् ।
साेही ठाउँमा स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले गस्ती शुरु गरेको हाे । बख्तरबन्द गाडी लिएर सेनाको टोलीले कप्तानगञ्जका सडकमा गस्ती शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवागञ्जसहित पाँच वटा क्षेत्रमा साेमबार राति ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हाे । तर, घटनाको विरोधमा स्थानीयले कर्फ्युको उल्लंघन गर्दै कप्तानगञ्जमा प्रदर्शन गरिरहेका छन् ।
ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थिति भए पनि स्थानीयकाे साेमबार बिहानैदेखि प्रदर्शन जारी रहेकाे हाे। प्रहरीका अनुसार टायर बालेर प्रदर्शन गरिरहेका स्थानीयले एउटा फार्मेसी, तीनवटा किराना पसल र एउटा मोटरसाइकल ग्यारेजमा तोडफोड गरेका छन् ।
आइतबार राति दुई पक्षबीच झडप शुरु भएपछि सुरक्षाकर्मीले गरेको कारबाही र फायरिङका क्रममा एक जनाको मृत्यु हुनुका साथै दर्जनाैं घाइते भएकाे प्रहरीले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्