Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


सुनसरीको देवानगञ्जमा गोली लागेर युवकको निधन भएपछि २ दिन शोक बिदा


52
Shares

काठमाडौं । स्थानीय सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा दिएको छ।

गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार शोक बिदा दिने निर्णय भएको बताउनुभएकाे हाे। देवानगञ्ज–३, कप्तानगन्जमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा गोली लागेर एक जना युवकको मृत्यु भएको थियो । देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको शोकमा बिदा दिइएको हो ।

यी दुई दिन देवानगञ्ज गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, शैक्षिक संस्थामा शोक बिदा दिइएको अध्यक्ष मेहताले जारी गरेको सूचनामा भनिएकाे छ।